‘प्रचण्डको नेतृत्वमा बनेको नयाँ समिकरण सत्ता स्वार्थका लागि मात्रै’ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ६ २०८१, मंगलबार

‘प्रचण्डको नेतृत्वमा बनेको नयाँ समिकरण सत्ता स्वार्थका लागि मात्रै’

काठमाडौं । लेखक तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको नयाँ समिकरण सत्ता स्वार्थका लागि भएको टिप्पणी गरेका छन् । यसले देशमा अराजकता बढ्ने उनको भनाइ छ ।

माउण्टेन टेलिभिजनबाट प्रसारित भएको कार्यक्रम ‘समाज र सन्दर्भ’मा पत्रकार खगेन्द्र विष्टसँग कुरा गर्दै लेखक रायमाझीले नेपालका राजनीतिक दलहरु विचार र सिद्धान्तविहिन भएका कारण सत्तामा पुग्न जे गर्न पनि तयार हुने बताए ।

फलस्वरुप माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको अनुकुलतामा आईतवारको राजनीतिक घटनाक्रमले पुष्टि गरेको उनको तर्क छ । उनले भने,‘यो राजनीतिक समिकरणले कसैलाई फाइदा र हानी गरे पनि राष्ट्रलाई भने कुनै फाईदा हुँदैन, बरु देशमा झन अराजकता बढ्ने हो की भन्ने डर छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);