अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारबाट सरुवा रोग विशेषज्ञ पुन सम्मानित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारबाट सरुवा रोग विशेषज्ञ पुन सम्मानित

काठमाडौं ।  सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२२ प्रदान गरिएको छ ।

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. पुनलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पुरस्कृत गरेको हो ।

एघार सय अमेरिकी डलर अर्थात नेपाली ( १ लाख ४० हजार रुपैयाँ) बराबरको धनराशी भएको उक्त पुरस्कार गैर आवासीय नेपाली संघ क्यालिफोर्निया अमेरिकाले स्थापना गरेको हो ।
कोभिड – १९ लगायत प्राणघातक संक्रामक रोगबाट मानव जीवन जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै डा.पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार – २०२२ बाट सम्मान गरिएको बताइएको छ ।

चितवनको माडीमा आयोजित एक समारोहमा बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकाल र माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले डा. पुनलाई ताम्रपत्र सहित १ लाख ४० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सरुवा रोगको उपचार तथा अनुसन्धानका विषयमा सक्रिय डा. पुन कोभिड–१९ को महामारीको बेला पनि अग्रपंक्तिमा निरन्तर सेवा दिने डाक्टर रुपमा प्रख्यात छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);