फ्रान्सेली राष्ट्रपतिले एमबाप्पेलाई मैदानमै पुगेर सान्त्वना दिए | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

फ्रान्सेली राष्ट्रपतिले एमबाप्पेलाई मैदानमै पुगेर सान्त्वना दिए

पेरिस, ४ पुस । फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिएका छन् । पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन् । फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए ।

एमबाप्पेको ह्याट्रिकले अतिरिक्त समयको खेल बराबरीमा टुंगिएको सुनिश्चित गरे पनि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४ –२ ले हराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);