बालेन भन्छन् -डोटीका भुकुम्प पीडितको चासो छैन,अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

बालेन भन्छन् -डोटीका भुकुम्प पीडितको चासो छैन,अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छन्

काठमाडौं, २ पुस । काठमाडौमा अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्ने तर नेपालका दुरदराजमा नागरिकहरुले दुख पाइरहदा चासो नदिएको बताएका छन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले डोटीमा भुकम्पबाट ३८ सय टहरा भत्काउँदा समाचार बन्ने बिषय नबनेको भन्दै आपक्ति जनाएका हुन् ।

सरकारी आंकडा अनुसार डोटीमा गत कार्तिक २३ मा आएको ६.६ रेक्टर स्केलको भुकम्पले ३८ सय घरटहरा भत्काएको थियो । महानगरले विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग डोटीका भुकम्प पीडितलाई गाउँपालिकामार्फत प्रदान गरेको छ ।

मेयर साहले राज्य संयन्त्र, संम्बन्धित मन्त्रालय, सांसदहरु,सरकारी गैरसरकारी संघसंस्था तथा व्यक्तिको पहलमा पनि पीडितहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्,”परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छेको मृत्यु भएको छ । चितुवाको डर छदैछ, त्यसमाथि पुष महिना सुरु भइसक्यो । जाडो बढेको छ । हिउँ पर्न सुरु हुन्छ । अब जाडो र हिउँको कारणले ज्यान गुमाउन सक्ने अवस्था बन्न लाग्दैन । ति पिडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिकरुपमा चासोसम्म देखिदैन । पिडितहरुको पिडामा अरुको चिन्ता छ भन्ने अनुभुतिले मात्रै पनि उनीहरुको मनोबल बढ्नेछ ।”

Leave a Reply