समानुपातिकमा धेरै मत बदर | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

समानुपातिकमा धेरै मत बदर

काठमाडौं, २९ मंसिर । निर्वाचन आयोगले गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । नतिजा अनुसार निर्वाचनको समाुनपातिक प्रणालीतर्फ धेरै मत बदर भएका छन् ।

प्रतिनिधि सभा प्रत्यक्ष तर्फ १ करोड १० लाख ४७ हजार ३४ मत खस्दा १ करोड ४ लाख ७ हजार ९५ मत सदर भएको छ भने ५ दशमलव ६ प्रतिशत मत बदर भएको हो ।

त्यस्तै, प्रतिनिधि सभा समानुपातिक निर्वाचनतर्फ १ करोड ११ लाख २६ हजार २२६ मतदान भएकोमा ५ दशमलव ९ प्रतिशत बदर भएको छ । १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको आयोगले जनाएको छ ।

यसैगरी, प्रदेशसभा प्रत्यक्षतर्फ १ करोड १० लाख ५ सय मत खसेकोमा ४ दशमलव ७ प्रतिशत मत बदर भएको छ । आयोगको अनुसार १ करोड ५ लाख ८५ हजार ३ सय मत सदर भएको छ ।

समानुपातिकतर्फ प्रदेशसभामा १ करोड १० लाख २८ हजार ३७६ मत खस्दा ६ दशमलव ५५ प्रतिशत मत बदर भएको हो । जहाँ १ करोड ३ लाख ६ हजार ११ मत सदर मत छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);