राष्ट्रपतिबाट अध्यादेश तत्काल जारी नहुने संकेत | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

राष्ट्रपतिबाट अध्यादेश तत्काल जारी नहुने संकेत

काठमाडौं, २९ मंसिर । जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलगायतलाई छुटाउने उद्देश्यले ल्याइएको अध्यादेश जारी नहुने सम्भावना बढेर गएको छ ।

सरकारले प्रमाणिकरणका लागि पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ तत्काल जारी गर्ने पक्षमा राष्ट्रपति विद्यादेवि भण्डारी नरहेको स्रोतले जनाएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषदका बैठकको निर्णय अनुसार अध्यादेश राष्ट्रपति समक्ष पेश गरिएको थियो । तर अध्यादेश पेश भएको तीन दिन बित्दासम्म भण्डारीले सुरसार गरेको देखिएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);