नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत शृंखलाका लागि नामिबिया जानुअघि नेपाली क्रिकेट टोलीले एक साता भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार नामिबिया जाने टोलीलाई बिदाई गरेको हो । नेपाली टोली भारतमा एक साताको अभ्यासपछि नामिबिया प्रस्थान गर्नेछ । नेपाली टोलीलाई क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठकले बिदाई गरे । क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा नामिबिया भ्रमणमा जाने १४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।  शृंखलामा नेपालले घरेलु टोली नामिबिया र स्कटल्यान्डको सामना गर्नेछ । नेपाल २० खेलमा १७ अंकसहित छैटौँ स्थानमा छ भने नामिबिया २४ खेलमा २८ अंकसहित चौथो स्थानमा छ । स्कटल्यान्ड भने २८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा छ ।

नेपालको टोलीः
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव ।

 

Leave a Reply

ताजा समाचार