निमोनियाले सिकिस्त बालकलाई थप आर्थिक सहयोग  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

निमोनियाले सिकिस्त बालकलाई थप आर्थिक सहयोग 

खोटाङ।निमोनियाले सिकिस्त बिरामी भएपछि अस्पताल पुर्‍याइएका बालकलाई थप आर्थिक सहयोग जुटेको छ। निमोनियाले बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा कान्ति बाल अस्पताल पुर्‍याइएका दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बुका १६ महिने बालक रेवन राईलाई पत्रकार कृष्णकला राईको पहलमा थप ७८ हजार ५०९ रुपैयाँ सहयोग जुटेको हो। बेलायतबाट रत्न राईको पहलमा ११ दाताबाट ८१ हजार आठ सय रुपैयाँ र कुवेतबाट प्रशान्त चाँदनी राईबाट पाँच हजार ७०९ रुपैयाँ सहयोग प्राप्त भएको हो । शुभेच्छुकबाट प्राप्त भएको सहयोग रकम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका वडाध्यक्ष नवराज राईमार्फत बालकका आमा मनिला राईलाई हस्तान्तरण गरिएको छ । यसअघि पत्रकार राईको पहलमा बिरामी बालकको उपचारका लागि ६ दाताबाट २२ हजार ३०० सहयोग जुटेको थियो । बिरामी बालक उपचारपछि घर फर्किसकेकाले संकलित रकम बालकको नाममा खाता खोलेर जम्मा गरिदिएको पत्रकार राईले बताइन् ।

हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खा बस्दै आएका रोजन राई र मनिलाको दोश्रो सन्तान रेवनलाई २६ भदौ राति कान्ति बाल अस्पताल लगिएको थियो । पत्रकारद्वय कृष्णकला राई र सञ्जीव राईको पहलमा आर्थिक सहयोग तथा जिल्ला अस्पतालको नवजात शिशु रेफरल फन्डबाट एम्बुलेन्समा लाग्ने २० हजारमध्ये १५ हजार भाडा छुट गराएर बालकलाई अस्पताल पठाइएको हो । अस्पतालले उपचारमा पनि छुट दिएको थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);