काठमाण्डौँ, २१ मंसिर । प्रहरीले स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतलाई पक्राउ गरेको छ ।
स्वतन्त्र मधेको नाममा निर्वाचन विरोधी गतिविधि गरेको र सप्तरीको महादेव गाउँमा निर्वाचन बहिष्कार गर्न उक्साएको आरोपमा राउत पक्राउ परेका हुन् ।
धनुषा प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरिको हो ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका कारणले डेराबाटै बिहान पक्राउ गरिएको हो जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी चक्रबहादुर सिंहले बताएका छन् ।




