सेयर बजारका सबै सूचक घटे, एक अर्बको कारोबार | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

सेयर बजारका सबै सूचक घटे, एक अर्बको कारोबार

काठमाडौं। सेयर बजार परिसूचक नेप्से बुधबार झन्डै २२ अंकले घटेको छ । नेप्से आज २१ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ। आज सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको सेयर भने उच्च अंकले ओेरालो लागेको छ । नेप्से दोहोरो अंकले घटेको दिन दुई सय २४ वटा कम्पनीको २९ लाख ९२ हजार कित्ता सेयर एक अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रुपैयाँको सेयर किनबेच भयो ।

आज हिमालयन पावर पार्टनरको सेयर सबैभन्दा धेरै झन्डै ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आरबीबी म्युचल फन्ड १ र नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर झन्डै २ प्रतिशतले बढेको छ।

Leave a Reply

ताजा समाचार

tc-check-https://testdomen.com/

३ घन्टा अघि

Avec Bonus Roulette Manuel: Revue Expert

८ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

८ घन्टा अघि