दीपा सम्मिलित डन बस्को बलियो केरेला ब्लास्टरसँग प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दीपा सम्मिलित डन बस्को बलियो केरेला ब्लास्टरसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं। नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर दीपा न्यौपानेसम्मिलित डन बोस्को फुटबल एकेडेमीले आइतबार केरला वुमेन्स लिगमा बलियो केरला ब्लास्टरविरुद्ध प्रतिस्पर्धा गर्दै छ । महाराजा कलेज स्टेडियम केरलामा हुने खेल नेपाली समयअनुसार अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । लिगको तालिकमा केरला ब्लास्टर शीर्ष स्थानमा छ भने डन बोस्को दोस्रो स्थानमा छ । अगस्ट १० देखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा दीपाको टिम डन बोस्कोले लड्स एफएसँग खेलेको थियो । जसमा डन बोस्को १२–२ को नजितामा पराजित भएको थियो ।

दोस्रो र तेस्रो खेलमा क्रमशः एमिरेट्स एससीलाई ५–२ र  कडाथानाड राजा एफएलाई ९–१ ले र चौथों खेलमा एसबी एफएफ पुभरलाई ६–० ले पराजित गरेको थियो । लिगमा दीपाले हालसम्म तीन खेलमा ९ गोल गरेकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);