कम्बोडिली बुद्धमार्गीद्धारा सामुहिक प्रार्थना | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

कम्बोडिली बुद्धमार्गीद्धारा सामुहिक प्रार्थना

शम्भू माली
कपिलवस्तु, १७ फागुन ।
८० कम्बोडियाली बुद्धधर्माबलम्बीहरुले सोमवार जिल्लाका पाँच महत्वपुर्ण बुद्ध स्थलमा सामुहिक प्रार्थना गरेका छन् । उनीहरुले बुद्ध स्थल गोटिहवा गएर सामुहिक प्रार्थना गरेका हुन । कम्बोडियाको नामपेनबाट आएका बोद्धमार्गीहरुलाई लुम्बिनी स्थित कम्बोडियन मन्दिरका मुख्य भन्ते पोई मेत्ताले सामुहिक प्रार्थना गरेका

कम्बोडिली बुद्धमार्गीद्धारा सामुहिक प्रार्थना

शम्भू माली
कपिलवस्तु, १७ फागुन ।
 ८० कम्बोडियाली बुद्धधर्माबलम्बीहरुले सोमवार जिल्लाका पाँच महत्वपुर्ण बुद्ध स्थलमा सामुहिक प्रार्थना गरेका छन् । उनीहरुले  बुद्ध स्थल गोटिहवा गएर सामुहिक प्रार्थना गरेका हुन । कम्बोडियाको नामपेनबाट आएका बोद्धमार्गीहरुलाई लुम्बिनी स्थित कम्बोडियन मन्दिरका मुख्य भन्ते पोई मेत्ताले सामुहिक प्रार्थना गरेका थिए । ती स्थहरुमा उनीहरुले बिशेष पुजापाठ समेत गरेका थिए । लुम्बिनी, रामग्राम हुदै उनीहरु सामुहकि प्रार्थनका लागि कपिलवस्तु आएका हुन  । बुद्धस्थल भ्रमण पछि सो टोली लुम्बिनी फर्कीएको थियो ।

कनकमुनी बुद्धको जन्म स्थल निगालीकोट तथा क्रकुछन्द बुद्धको गाँउ गोटिहवालाई मानिन्छ । भ्रमणका लागी कम्कोडियन टोली लिएर आएका प्रमुख भिक्षु मेत्ताले कुरा गर्दै सरकारले कपिलवस्तु जिल्लामा रहेका भगवान बुद्ध संग सम्बन्धित स्थलमा यातायातको व्यवस्था गरि आवागमन कार्य सहज बनाउन तत्कालै पहल गर्नु पर्ने अनुरोध गरे । कुदान सम्म आफनै सवारी साधनमा आएका उनीहरु गोटिहवा जाने क्रममा यातायातको असुबिधाका कारण स्थानिय १० बटा जिप लिएर गोटिहवा पुगेका थिए ।

कपिलवस्तुको गोटिहवा स्थित क्रकुछन्द बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भ बरिपरि सामुहिक प्रार्थना थिए । थोरै घर जग्गा र साधुरो आगन भएका कारण पनि गाँउले गोटिहबा स्तम्भको खाली चौरलाई उपयोग गरेका छन् । स्तम्भ संरक्षणका लागि रहेका तारबार पनि ठाउ ठाउमा टुटफुट भएका छन् । ऐतिहासिक र पुरातात्बिक हिसाबले बौद्ध धर्माबलम्बीहरुको महत्बपुर्ण स्थल मानिने यहा आउने सबै पर्यटकहरु बताए ।

चिनिया पैदल यात्री फयाहनका अनुसार त्यस ठाउमा एउटा स्तुप थियो जुन क्रकुछन्द बुद्धले निर्बाणको ज्ञान प्राप्त गरे पछि पिता पुत्रको भेट भएको स्थलमा निर्माण गरिएको तथ्य पुस्तकमा पाईन्छ । १९९० को दशक नेपाल र ईटलीको संयुक्त टोलीले उत्खननका क्रममा ९ औ शताब्दी ईसा पूर्व देखि तेस्रो र चौथो शताब्दी सम्मका मानव बस्ती र उनीहरुले प्रयोग गरेको भाडाकुडाका अवशेष फेला परेको थियो ।  गोटिहवा संरक्षण र रेखदेखको जिम्मा पाएको लुम्बिनी बिकास कोष यहाबाट २५ किमी टाढा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);