जेलबाटै चुनावी चलखेलः निधि-महतो भिडन्तमा टक्लाको प्रवेशले झन रोचक | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

काठमाडौँ, १७ मंसिर । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका राष्ट्रिय जना पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशली नेता विमलेन्द्र निधिबीचको चुनावी टक्कर देशमै चर्चाको विषय बनेको छ । यो टक्करमा जित नकसको हुन्छ भन्ने प्रश्नले नेपाली राजनीतिको बजार तताएको छ।

निधि महतो भिडन्तमा जेलमा रहेको सञ्जय साह टक्ला को प्रवेशले झन रोचक बनाईदिएको छ । यो निर्वाच क्षेत्रमा जनकपुर उपमहानगरपालिकाका २५ वडामध्ये १७ वटा, नगराईन नगरपालिका, विदेश नगरपालिकाको ९ नम्बर वडा तथा मुखियापट्टी मुसरनिया र धनौजी गाउँपालिका पर्छन्।

यहाँ वैश्य समुदायको बाहुल्य छ । यो समुदायमा तेली, सुडी, कानु, कलवार, रौनियार कसेरा, कथवनियाँ, सुनार, लहेरी, ठठेरीलगायत जान पर्छन्, नागरिक दैनिकमा खबर छ।