खानेपानी तथा सरसफाइ विधेयक पारित  | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

खानेपानी तथा सरसफाइ विधेयक पारित 

काठमाडौं। प्रतिनिधिसभाले खानेपानी तथा सरसफाइ विधेयक २०७७ पारित गरेको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन्।उक्त प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा सांसद खेमप्रसाद लोहनीले गणपुरक संख्या नरहेको भन्दै सभामुखको ध्यानाकर्ष गराए।

तत्पश्चात तीन मिनेट घण्टी बजाएर गणना गर्दा गणपुरक संख्याका लागि ७९ जना सांसदको उपस्थिति रहनुपर्ने भए पनि ८३ जना सहभागी रहेपछि उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।

Leave a Reply