त्रिभुवन विश्वविद्यालयमा अब कागजविहीन प्रशासन | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

काठमाडौं, १३ मंसिर । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले अब ‘कागजविहीन प्रशासन’ चलाउने भएको छ। विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले मंगलबार कीर्तिपुरस्थित विश्वविद्यालय हातामा निर्मित सूचना प्रविधि केन्द्र भवन उदघाटनसँगै ‘कागजविहीन प्रशासन’ को घोषणा गरेको हो।

२०७२ को भूकम्पले त्रिविको अधिकांश भवन क्षतिग्रस्त भएका थिए । त्यसपछि निर्माण गरिएको यो दोस्रो भवन हो। केही महिनाअघि त्रिविको कीर्तिपुर हातामै उत्तरपुस्तिका परीक्षण केन्द्र भवन उदघाटन भइसकेको छ।

त्रिवि केन्द्रदेखि दुर्गम गाउँसम्म विद्युतीय नेटवर्क विस्तार गर्ने र त्यसअनुसार सबैखाले प्रशासनिक काम कारवाही सूचना प्रविधिमैत्री बनाउने जनाइएको छ । – कान्तिपुर दैनिकबाट