रोबोट डिजाइनसम्बन्धी तालिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रोबोट डिजाइनसम्बन्धी तालिम

भक्तपुर। नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा रोबोट तथा मेसिन संयन्त्रको डिजाइनको लागि सहज सफ्टवेयरसम्बन्धी तालिम दिएकाे छ । म‌ंगलबारबाट सुरु गरिएकाे पाँच दिने तालिम विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको हो ।

आयोगको क्षमतावृद्धि कार्यक्रमअन्तर्गत तालिम तथा विकास शीर्षकअन्तर्गत तालिम भएको हो  । कार्यक्रममा पहिलो दिन सोलिडवर्क्स  सफ्टवेयरसँग अवगत रहने, दोस्रो दिन स्केचहरु बनाउने, तेस्रो दिन मेसिनको पार्टस्का त्रिआयामिक मोडेलहरू बनाउन सिकाइने, चौथो दिन ती पार्टहरूलाई सफ्टवेयरमा जोडेर मेसिनको प्रारुप दिने र पाँचौँ दिन मेसिन संयन्त्रको अनुकरण गर्न तथा डिजाइन गर्न सिकाइने योजना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);