मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं। मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओका लागि निवेदन दिने म्याद थप गरेको छ । गत १ असारबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले स्थानीयलाई ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता सेयर निष्कासन गरेको हो । यसमा आवेदन दिने म्याद थप गरेर असार २२ गतेसम्म पुर्‍याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ का बासिन्दाहरुका लागि यस आइपीओ निष्कासन गरेको हो ।स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस आईपीओलाई ‘केयरएनपी डबल बी प्लस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यस आईपीओको लागि बिक्री प्रबन्धकको कार्य बीओके क्यापिटलले गर्नेछ । स्थानीय बासिन्दाले मन्दाकिनी हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखाबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

Leave a Reply