सीमान्तीकृत महिलाहरूकाे समस्या समाधान गर्न कानुन बनाउँछाैँ : मन्त्री रेग्मी | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८३, शुक्रबार

सीमान्तीकृत महिलाहरूकाे समस्या समाधान गर्न कानुन बनाउँछाैँ : मन्त्री रेग्मी

काठमाडाैं।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तीकृत महिलाहरूकाे समस्या समाधान गर्न कानुन बनाउने बताएकी छिन्।

संसद्‌मा विनियोजन बजेटमाथिकाे छलफल सकिएकाले अब समाजमा वर्षाैंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तीकृत (याैनकर्मी) महिलाहरूकाे पक्षमा कानुन बनाउने मन्त्री रेग्मीले प्रतिबद्धता जनाइन् ।`सीमान्तीकृत महिलाहरूकाे समस्या छ, समाजमा । नागरिकताकाे समस्या छ। जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएकाे छ। उनीहरूमाथि हुँदै आएकाे दुर्व्यवहारविरूद्ध कानुन निर्माण गर्न सकिन्छ´, काठमाडौंमा मङ्गलबार आयाेजित एक कार्यक्रममा भनिन्।

उनले सीमान्तकृत महिलाहरूकाे अवस्था वास्तविक रूपमा कसरी माथि उठाउन सकिन्छ ? सराेकारवाला पक्षहरूले साेच्न आवश्यक रहेकाे पनि बताइन् ।

Leave a Reply