असार १५ गते पोखरामा १७औं असारे महोत्सव हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

असार १५ गते पोखरामा १७औं असारे महोत्सव हुने

पोखरा।कोरोनाका कारण २ वर्ष स्थगित भएको असारे महोत्सव यो वर्ष पुनः सञ्चालन हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हरेक वर्ष पोखरामा महोत्सव हुने गरेको थियो । तर कोरोना संक्रमणले २ वर्ष रोकिएकोमा अहिले पुनः निरन्तरता दिन लागिएको हो ।यो वर्षको महोत्सव पोखरा १५ हेमजामा हुनेछ । टमाइस्थानमा रहेको करिब १० रोपनी क्षेत्रफलमा महोत्सव गर्न लागिएको परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।महोत्सवबारे पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। हेम्जाका तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लीराम नेपाली, कृष्ण बहादुर कुँवर, मैना केसी र प्रकाश पौडेलको खेतमा परिषद्ले रोपाई महोत्सव गर्न लागेको भट्टराईको भनाई छ।पोखरा सबै मौसममा घुम्ने बनाउन विभिन्न इभेण्ट आयोजना हुँदै आएको छ । बर्खाको समय पोखरामा पर्यटक कम हुने समय हो। त्यसैले पर्यटकलाई हरेक समय उपयुक्त छ भन्ने बनाउन महोत्सवको परिकल्पना गरिएको भट्टराई बताउँछन्।

यसबाहेक सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिने उद्देश्य राखिएको छ । खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्न महोत्सव गरिएको आयोजकले जनाएको छ। महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रमहरू हुने महोत्सवका संयोजक तथा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । साउने प्रतियोगिता, असारे रोपाई र तीन प्रतियोगिताको प्रथम र दोस्रो हुनेले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महोत्सवमा ५ सय विदेशी सहित करिब १० हजारको उपस्थिति रहने आयोजकको अपेक्षा छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);