भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव

भैरहवा। राष्ट्रिय खेल भलिबलको पुर्वाधार विकासमा सरकारले लगानी बढाउनु पर्ने खेलप्रेमीहरूले सुझाव दिएका छन्। बुटवलमा शनिबार सम्पन्न लुम्बिनी प्रदेश भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेशनमा सहभागीहरूले खेल विकासमा सरकारको लगानी बढाउन सुझाव दिएका हुन्।

लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले सरकारका संरचनाहरू संघीयतामा अघि बढ्दै गर्दा खेलकुद संघीय संरचनामा जान नसक्नु दुःखद् भएको बताए। संघीय सरकारको मातहतमा रहेका संरचनामा रहँदा प्रदेशका धेरै खेलकुद गतिविधि अघि बढ्न नसकेको उनको भनाइ छ । नीतिगत रुपमा ऐन संशोधन गरेर संघीय संरचनामा पुनःसंरचना गर्न जरुरी रहेको उनले बताए । भलिबललाई प्राथमिकता राख्दै प्रदेशमा राष्ट्रियस्तरको स्टेडियम र प्रतियोगिताहरू आयोजनाका लागि प्रदेश सरकारको बजेटमा सम्बोधन भएको उनलेघ बताए।साबिक मध्यपश्चिमान्चल भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागीले खेलमा राजनीतिको प्रभाव देखिन नहुने भन्दै व्यक्तिको क्षमता र दक्षताका आधारमा खेलको नेतृत्व आउनुपर्ने सुझाव दिए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष निरोज मास्के, केन्द्रीय सदस्य किशोर आचार्यले भलिबल खेल विकास गर्न सबैको सहयोग जरुरी रहने बताए। भलिबल खेललाई व्यवसायिक बनाउँदै खेल र खेलाडीको विकासमा लाग्नुपर्ने उनीहरूले सुझाव दिए । कार्यक्रममा सचिव भीम वलीले प्रदेश संरचना नयाँ हुँदा केही कठिनाई देखिएको बताए । यसलाई सुधार गर्दै अघि बढ्ने उनले बताए। प्रदेश परिषद् अन्तर्गत रहेर जिल्ला र खेल सम्बन्ध संघसंस्थाहरूलाई समेट्ने गरी अघि बढेको बताए । लुम्बिनी प्रदेशका ११ जिल्ला संघको अधिवेशन सम्पन्न भैसकेको उनले बताए।

Leave a Reply

ताजा समाचार

Test Post Created

२९ मिनेट अघि

test123123

८ घन्टा अघि

test123123

९ घन्टा अघि