नेपालद्धारा हङकङ ३६ रनले पराजित, तेस्रो स्थानमा नेपाल | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

काठमाडौँ, ११ मंसिर। आइसीसी वुमन्स टी-२० वर्ल्डकप क्वालिफायर एसियामा तेस्रो स्थान हात पार्न सफल भएको छ। नेपालले आफ्नो स्थान ग्लोबल क्वालिफायरमा बनाउन भने सकेन।

तेस्रो स्थानको लागि सोमबार भएको प्लेअफ खेलमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको हो। नेपाल र हङकङबीच लिग चरणको खेल वर्षाका कारण रद्द भएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९४ रन जोड्न सफल भएको थियो। नेपालका लागि नेरी थापाले सर्वाधिक ३८ रन बनाइन्।

९५ रनको लक्ष्य पछ्याएको हङकङ एक बल अगावै ५८ रनमा अलआउट भयो। हङकङका लागि चान साउ हारले १३ तथा का यीन चानले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

हङकङलाई अलआउट गर्न नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिइन् भने सवनम राई, सीता राना मगर, नेरी थापा रितु कनौजियाले १-१ विकेट झारे।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);