काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छिट्टै चुनावको मिति घोषणा गर्न सहमत भएका छन् ।
प्रधानन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको कांग्रेस र माओवादीको बैठकले मधेसी मोर्चाले भने जस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष निकालेको छ ।
बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले सोमबार बिहानसम्म निर्वाचनको मिति घोषणा हुने बताउनुभयो ।
मिति घोषणा अघि स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन सरकारले स्वीकार गर्ने छ । साथै मधेसी मोर्चासँग छलफल गरेर स्थानीय तहको संख्या बढ्छ भन्ने बचन दिइनेछ ।
श्रेष्ठका अनुसार निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने र संविधान संशोधन प्रक्रिया पनि अघि बढाउने बारे दुई दलबीच सहमति बनेको हो ।




