तारा एयरको विमान मुस्ताङको लेते र कोवाङ आसपासमा दुर्घटना भएको आशंका | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २३ २०८१, शुक्रबार

तारा एयरको विमान मुस्ताङको लेते र कोवाङ आसपासमा दुर्घटना भएको आशंका

सन्दिप शर्मा
काठमाडौं ।
जोमसोमका लागि पोखराबाट चालक दलका सदस्य सहित २२ जना यात्रु बोकेर उडेको तारा एयरको विमान मुताङको थासाङ गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने लेते वा कोवाको जंगलमा दुर्घटना भएको हुन सक्ने आशंका गरीएको छ । पत्रकार महासंघ मुस्ताङका सचिव शुसिल थाकालीका अनुसार लेते र कोवाङको असपासमा स्थानियहरुले ठुलो आवाज सुनेको भन्दै सोही स्थानमा विमान दुर्घटना भएको हुन सक्ने आशंका गरिएको बताउनु भयो ।

विमानमा जोमसोमका लागि पोखरा बिहान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर हाल सम्म पनि जहाजको कुनै सम्पर्क हुन सकेको छैन ।

विमानस्थलका अनुसार जहाजमा २२ यात्रु थिए । अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ । अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।

को को थिए जहाजमा सवार ?
पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका तीनसहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ ।

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);