कनकासुन्दरीमा बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

कनकासुन्दरीमा बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

जुम्ला । जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाकाे कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउदै गरेको  एम्बुलेन्स  दुर्घटना भएको हो।  जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आईतबार बिहान दुर्घटना भएको हाे ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा  तीन जना सामान्य घाईते भएका छन् । कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइदै गर्दा दुर्घटना भएको हाे  । प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५,२० मिटर तल एम्बुलेन्स खसेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);