काठमाडौँ । सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ । बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा निर्धारण भएको छ ।
सुनको मूल्य ९८ हजार रुपैयाँ
ताजा समाचार
वीरगञ्जमा सुरु भयो जसपाको केन्द्रीय समिति बैठक
१ घन्टा अघि
जनता माओवादीसँग खुसी रहेको पाएँ ,प्रचण्ड
२ घन्टा अघि
अत्यधिक चिसो र शीतलहरले तराई मधेशको जनजीवन प्रभावित
२२ घन्टा अघि