फागुन ४ कैलाली
कैलालीको लम्की स्थित लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भिष्म थापा सहित ३ जना आज अपरहणमा परेका छन् । यसै गरी अपरहण पर्नेमा साहयक क्याम्पस प्रमुख तथा स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचन समितिा प्रमुख कमल बिष्ट उप प्राध्यापक अमर रावल अपरहणमा परेका हुन । निर्वाचनको तयारी गरीरहेको अवस्थामा विप्पलव माओबादीका कार्यकर्ताहरुले क्याम्पस परिसरमा प्रबेश गरी मोटरसाईकलमा राखेर अज्ञात स्थल तर्फ लगेको हुन सक्ने आसंका गरीएको छ ।
यसैगरी बिप्पलव माओबादीले देशभरीको फर्जी भर्ना खारेज गर्नुपर्ने पुर्ण समानुपातिक निर्वाचन लागु गर्नुपर्ने त्रिभुवन विश्व बिद्यालयको सेन्डीकेट प्रणली खारेज गर्नुपर्ने स्ववियु निर्वाचन हुने वातावरण निर्माण गर्नुपर्ने माग राख्दै शिक्षकहरुलाई अपरहण नभई नियान्त्रणमा लिएको विप्पलव माओबादी निकट स्रोतले जनाएको छ । यसैगरी लम्की बहुमुखी क्याम्पसका क्याम्पसका बिभिन्न बिद्यार्थी संगठनहरुले तत्काल रिहाईको लागी अपिल समेत गरेका छन् ।