जिम्बाब्वेको राष्ट्रपति मुगाबेविरुद्ध महाभियोगको तयारी | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

एजेन्सी, ५ मंसिर । जिम्बाब्वेको सत्तारुढ दल जानु पीएफले राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार हातमा दिने लगायतका आरोपसहित महाभियोग प्रक्रिया अगाडि बढाएको छ ।

महाभियोग प्रस्ताव आज संसद्मा पेश गर्न लागिएको छ । जानु पीएफका वरिष्ठ सदस्य पल मनाङग्याग्वाले महाभियोगको प्रक्रिया दुई दिन जतिमा सकिने र बुधवारसम्ममा राष्ट्रपति मुगाबे हटिसक्ने बताए ।

जानु पीएफ पार्टीले मुगाबेलाई पदबाट राजीनामा दिन दिएको समयसीमा सोमबार नै सकिइसकेको छ । जिम्बाब्वेको संविधान अनुसार कसैले गम्भीर खालका पदीय दुरुपयोग गरे, संविधानको उल्लंघन गरे वा त्यसको पालना र बचाउ गर्न नसके तथा क्षमता नभएको जस्ता आधारमा महाभियोग लगाउन सकिन्छ ।

मुगाबेमाथि आफ्नी श्रीमतीलाई सरकार चलाउने कुनै अधिकार नभए पनि सत्ता हातमा लिने संवैधानिक अधिकार दिएको, उपराष्ट्रपति र सरकारी कर्मचारीहरुको अपमान गरिरहेको र सेनाको बदनाम गरेको लगायतका अभियोग लगाउन लागिएको पल मनाङग्याग्वाले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);