अधिकांश 'भिआइपी' ले अझै बुझाएनन् रातो पासपोर्ट | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

काठमाडौं, ५ मंसिर । व्यवस्थापिका संसद विघटन भएको मंगलबार ४० दिन पुग्दासमेत भूतपूर्व भइसकेका धेरै सांसदले सुविधाको रुपमा पाएको कुटनीतिक राहदानी ९रातो पासपोर्ट० फिर्ता गरेका छैनन्। संसद विघटन हुने अवधिसम्म कुल ५ सय ९१ सांसदमध्ये आधाभन्दा बढी सांसदले अझै रातो पासपोर्ट फिर्ता नगरेको संसद सचिवालयले जनाएको छ।

अहिलेसम्म २ सय ५ जना सांसदले मात्र कुटनीतिक राहदानी फिर्ता गरेको संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको तथ्यांक छ। संसदको कार्यकाल सकिएको ७ दिनभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ। – नेपाल समाचारपत्र दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);