प्रतिक्षा शर्मा, काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएकै मितिमा तीनै तहको निर्वाचन हुने बताउनुभएको छ ।
छैटौं विश्व रेडियो दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकार निर्वाचनका लागि अन्तिम तयारीमा रहेको बताउनुभयो ।
उहाँले संविधान कार्यन्वयनका लागि निर्वाचन पहिलो आवश्यकता रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले संविधानको कार्यान्वयनको प्रमुख पक्ष संघीयताको कार्यान्वयन गर्न विद्यमान संरचनालाई परिवर्तन गरिनुपर्ने बताउनुभयो ।
उहाँले संवैधानकि व्यवस्था गरिएअनुरुप तल्लो तहमा अधिकारको प्रत्यायोजन गर्न जरुरी रहेको बताउनुभयो ।
नेपालको इतिहासमा राजनीतिक परिवर्तनका लागि रेडियोहरुको भुमिका महत्वपुर्ण रहेको बताउँदै प्रधानमन्त्री दाहालले स्थानीय रेडियोहरुको दर्ता, नवीकरण जस्ता काम स्थानीय तहमै हुने पनि बताउनुभयो ।
इतिहासमै पहिलोपटक सबैभन्दा बढी अधिकार गाउँपालिका र नगरपालिकामा प्रत्यायोजन गरिएको उहाँको भनाई थियो ।