चिल ठोक्किएर नेपाल एयरलाइन्सको जहाज 'ग्राउन्डेड' | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

चिल ठोक्किएर नेपाल एयरलाइन्सको जहाज ‘ग्राउन्डेड’

काठमाडौं, ४  मंसिर । राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज चील ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ। चिल ठोक्किएपछि जहाजको नाक (अगाडिको भाग) मा ठूलो क्षति पुगेको छ।

भारतको नयाँदिल्लीबाट शनिबार मध्याह्न काठमाडौं आइपुगेको निगमको १ सय ५८ सिटयुक्त ‘ए३२०–२००’ सिरिजको जहाजमा चिल ठोक्किएको थियो। जहाजलाई क्याप्टेन श्रवण रिजालले कमान्ड गरेका थिए भने को–पाइलट भोगेन्द्र कठायत थिए।

कलसाइन ‘९ एन–एकेएक्स’ र ‘लुम्बिनी’ नाम भएको यो जहाजमा १ सय ३५ यात्रु थिए। यो जहाज निगमले दुई वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको थियो ।  – नागरिक दैनिकबाट

ताजा समाचार