कर तिरेर मात्र देश छाड्न बोल्जोभरलाई आदेश | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

कर तिरेर मात्र देश छाड्न बोल्जोभरलाई आदेश

naya note

काठमाडौँ । नेपालमा दुई वटा क्यासिनोमा लगानी गरेको एसएचएल म्यानेजमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत माइक बोल्जोभरलाई नेपालमा तिर्नुपर्ने कर दाखिला गरेर मात्र देश छाड्न सरकारले आदेश दिएको छ ।

काठमाडौंको लाजिम्पाटस्थित सांग्रिला होटल र रूपन्देहीको भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित क्यासिनोको रोयल्टी र नवीकरण दस्तुरका रूपमा १४ करोड २० लाख कर तिर्न बाँकी रहेकाले उक्त रकम तिरेर मात्र देश छाड्न भनिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानाकारी दिएको छ ।

शनिबार राति १० बजे दक्षिण अमेरिकाका लागि हिँडेका बोल्जोभरलाई मन्त्रालयको निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको हो । ‘१४ करोड २० लाख रुपैयाँ बराबर राजस्व तिर्न बाँकी रहेकाले उनलाई विमान स्थलबाट पक्राउ गरिएको हो ।

गत आर्थिक वर्ष २०७७/७८ को बक्यौता रकम पुस मसान्तभित्र तिरिसक्नुपर्छ । अरू सबै क्यासिनोले तिरे पनि यी दुई क्यासिनोले बक्यौता तिर्न बाँकी रहेको र यो रोयल्टी र नवीकरण दस्तुर शीर्षकको राजस्व हो । बोल्जोभरले कोभिड महामारीका बेलामा क्यासिनो सञ्चालन नभएकाले छुट दिनुपर्ने माग राखे पनि राजस्व छुट दिनेबारे सरकारबाट कुनै निर्देशन वा निर्णय भएको छैन ।

Leave a Reply