इजिप्ट क्वाटरफाइनलमा, घाना हारेर पनि अघि बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

इजिप्ट क्वाटरफाइनलमा, घाना हारेर पनि अघि बढ्यो

इजिप्ट समूह डी को विजेता बन्दै अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा, इजिप्टसँग १–० ले पराजित घाना समुह उप विजेता

इजिप्ट क्वाटरफाइनलमा

काठमाडौं । इजिप्ट समूह ‘डी’ को विजेताको रुपमा गाबोनमा जारी अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा घानालाई १–० ले हराउँदै इजिप्ट समूह विजेताको रुपमा अन्तिम ८ मा पुगेको हो ।

इजिप्टको जितमा ११ औं मिनेटमा मोहम्मद सालहले गरेको गोल नै निर्णायक बन्यो । पराजित भएपनि घाना पनि समूह उपविजेताको रुपमा अन्तिम ८ मा पुगेको छ ।

समूह विजेता बनेको इजिप्टको सात तथा घानाको ६ अंक भएको छ । राति नै भएको खेलमा प्रतियोगिताबाट बाहिरिएका युगाण्डा र मालीले भने १–१ को बराबरी खेले ।

Leave a Reply