काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणनामा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले साढे ६ सयभन्दा बढी मतको अग्रता लिएका छन् । ३३१८ मत गनिसक्दा देउवाले ६७५ मतको अग्रता लिएका छन् । देउवाले १९८४ मत पाएका छन् भने शेखरले १३०९ मत प्राप्त गरेका छन्। २५ मत बदर भएको छ ।




