यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९६ पैसा र बिक्री दर १२० रुपैयाँ ५६ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ३१ पैसा र बिक्री दर १६१ रुपैयाँ ११ पैसा कायम छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४७ पैसा र बिक्री दर ८५ रुपैयाँ ९० पैसा छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २८ पैसा रछ । 

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेकाे राष्ट्र बैंकले जनाएको छ । 

आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर ३३ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको छ ।         

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);