सुर्खेत । सुर्खेतमा दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कालिकोट महावै गाउँपालिका –७ राम्निस्थित विष्णलाल अधिकारीको घर भत्किँदा घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो ।
घर भत्किदा १५ वर्षीया ईनिशा अधिकारी घाइते भएकी छन् । वर्षापछि राम्नि गाउँका १५ घर उच्च जोखिम छन ।
कर्णाली राजमार्ग अबरुद्ध
वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा दुई स्थानमा झरेको पहिरोले राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण मंगलबार बिहानदेखि सडक अबरुद्ध भएको हो ।