गोर्खाल्यान्ड आन्दोलनले नेपाललाई यस्तो फाइदा, युरोपबाट आयो डिमान्ड | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

इलाम, १४ कार्तिक । भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि त्यहाँको चिया खरिद गर्न नसकेका युरोपेली चिया व्यवसायीले ठूलो परिमाणमा नेपाली तयारी चिया माग गरेका छन्।

युरोपेली व्यवसायीले नेपालका ठूला चिया उद्योगहरुमै पुगेर आउँदो बर्षका लागिसिमेत तयारी चिया बुक गरेका छन्। आजको नागरिकमा खबर छ।

विश्वमै प्रख्यात दार्जिलिङको चिया खरिद गर्न नसकेपछि यो बर्ष पनि उताका व्यवसायीले नेपालमा उत्पादित उच्च गुणस्तरको अर्गानिक चिया खरिद गरेका थिए।

चिया टिपाई मैजारो हुन लाग्दा जर्मनीको टी स्वेड्नर कम्पनीबाट आएका १० व्यापारीको टोली करिब तीन साता नेपालका अर्गानिक चिया उद्योग चाहारेर  शनिबार फर्केका छन्।

ताजा समाचार