दाहालले लिए डल्लु पुगेर खनालको स्वास्थ्य स्थिति बारे जानकारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

दाहालले लिए डल्लु पुगेर खनालको स्वास्थ्य स्थिति बारे जानकारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको घरमा पुगेर स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन् ।

बुधबार बिहान अध्यक्ष दाहालल डल्लुस्थित खनालको निवासमा पुगेर उनको स्वास्थ्य स्थिति बारेमा जानकारी लिएका हुन् ।

खनाल करिब साढे दुई महिना भारतमा उपचार गराएर गत सोमबार नेपाल फर्किएका थिए । भारतमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

भेटमा अध्यक्ष दाहालले खनाललाई पूर्ण स्वास्थ्य लाभको कामनासहित पछिल्लो राजनीतिक घटनाक्रम र कम्युनिष्ट एकताका विषयमा समेत कुरा भएको दाहालको सचिवालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);