पाकिस्तानमा ट्रकमाथी बम आक्रमण हुँदा १३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

पाकिस्तानमा ट्रकमाथी बम आक्रमण हुँदा १३ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको कराँची शहरमा मिनी ट्रकमाथी बम आक्रमणमा १३ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । कराँची शहरमा शनिबार राति मिनी ट्रकमा भएको ग्रेनेड आक्रमणमा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

घाइते ७जनाको उपचार सिभिल अस्पताल ट्रौमा सेन्टरमा भईरहेको सिभिल अस्पतालका कर्मचारीले बताएका छन् । यो पारिवारिक कारणले भएको घटना हो वा आतंकवादी आक्रमण हो भन्ने पुष्टि हुन बाँकी छ ।

पाकिस्तानको आतंकवाद नियन्त्रण विभाग (सीटीसी) का अधिकारी राजा उमर खातबका अनुसार आक्रमणकारीहरु मोटर बाइकमा आएको र ग्रेनेडबाट ट्रकमाथि हमला गरेको बताएका छन् ।

यस घटनामा परेका नागरिकहरु प्रति दुख व्यक्त गर्नुका साथै उनीहरुको उद्धार तथा उपचारकालागि सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अलि शाहले सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);