चोरी भएको छिन्नमस्ताको चाँदीको मुकुटसहित एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

चोरी भएको छिन्नमस्ताको चाँदीको मुकुटसहित एक पक्राउ

सप्तरी । सप्तरीस्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट फेला परेको छ ।

चोरी भएको चाँदीको मुकुटसहित एक जना पक्राउ परेका छन् । आइतबार साँझ सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो ।

सोमबार प्रहरीले मुकुट सहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई नियन्त्रणमा लिएको हो । चोरी गरेका मण्डलले बिहान आफैँले मुकुट ल्याएको र मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिँडेको स्थानीयले बताए ।

मण्डलका साथबाट ७ सय ५० ग्रामको चाँदीको मुकुटसहित सुनको टीका र नथिया बरामद गरी उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

चोरीको घटना बाहिरिएपछि आइतबार राति नै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलासहितको टोली घटनास्थल पुगेको थियो । चोरीको अनुसन्धानका लागि राति नै सीमानाकालाई समेत सिल गरिएको थियो ।

मन्दिरको संरक्षणमा लापरबाही भएको भन्दै स्थानीयले भने मन्दिरमा भेला भएर विरोध गरेका थिए । मन्दिरमा सीसीटिभी क्यामेरा जडान भएको भएपनि बिग्रेपछि मर्मतका लागि कसैले चासो नदिएको स्थानीयको गुनासो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);