एजेन्सी । चीनका राष्ट्रपति सी जिनफिङ पहिलो पटक स्वशासित क्षेत्र तिब्बत पुगेका छन । बुधबार भारतीय सीमानजिकको सहर निङ्ची पुग्नु भएका राष्ट्रपति सी बिहीबार रेल चढेर तिब्बतको राजधानी ल्हासा पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
सिले निङ्चीमा स्थानीयहरूसँग भेटघाट र विकास निर्माण आयोजनाको निरीक्षण गरेका बताइएको छ । केही दिनअघिमात्रै तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक सुरू भएको रेल सेवाबाट राष्ट्रपति सी ल्हासा पुयेका हुन । ल्हासामा सीले पोताला दरबारलगायत स्थानको भ्रमण गरेका छन ।
तिब्बतमा सन् १९५० मा चीनले सेना पठाएपछि नेता दलाई लामा निर्वासनका लागि भारत पुगेका थिए । सी यसअघि उपराष्ट्रपति हुँदा २०११ मा तिब्बत गएका थिए ।