अदालतमा भरोसा गरेका छौँ, अदालत स्वतन्त्र छ- सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

अदालतमा भरोसा गरेका छौँ, अदालत स्वतन्त्र छ- सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले संविधान कार्यान्वयनमा गलत बाटो अपनाएको आरोप लगाएका छन् ।सोमबार विभिन्न पेशागत संस्थाका व्यक्तिहरुसँगको छलफलमा देउवाले प्रधानमन्त्रीको लहैलहैमा लागेर गलत बाटो अपनाएको आरोप लगाएका हुन् । देउवाले अदालत स्वतन्त्र रहेको भन्दै अदालतनै आफूहरुको एक मात्र भरोसाको केन्द्र भएको बताए ।

सभापति देउवाले अदालत कुनै पनि तागतको दबाबमा नपरी फैसला गर्छ भन्ने आफूहरु विश्वस्त रहेको भन्दै अदालत नेपालको राष्ट्रको अदालत भएको बताएका छन् ।गठबन्धनको पहिलो प्राथमिकता कोभिड – १९ नियन्त्रण र रोकथामनै प्रमुख रहेको बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);