कांग्रेस गठबन्धलाई चुनौती दिंंदै नेता पुनले दिए आश्चर्यजनक अभिव्यक्ति | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

कांग्रेस गठबन्धलाई चुनौती दिंंदै नेता पुनले दिए आश्चर्यजनक अभिव्यक्ति

रोल्पा, ६ कार्तिक। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपाली कांग्रेसले प्रत्यक्षतर्फ जम्मा १० सिटभन्दा बढि जित्न नसक्ने दाबी गरेका छन्।

नेता पुनले वाम गठवन्धनलाई आगामी चुनावमा दुई तिहाई सिट ल्याउन कसैले रोक्न नसक्ने समेत ठोकुवा गरे। आईतबार रोल्पाको लिवाङमा आफ्नो उम्मेद्धारी दर्ता गरेलगत्तै आयोजित सभालाई सम्बोधन गर्दै पुनले यस्तो दाबी गरेका हुन्।

उनले भने,“प्रत्यक्ष तर्फ कांग्रेसको गठवन्धनले १० सिट भन्दा बढी ल्याउनै सक्दैन्, म दाबाका साथ भन्छ ।” वाम गठबन्धनले मुलुकको आर्थिक विकास र समृद्धिको ढोका खोल्ने पनि उनको दाबी थियो।