गठबन्धनका साझा उम्मेदवारविरुद्ध माओवादीका तीन नेता बने बागी उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाण्डौँ, ५ कार्त्तिक । रामेछापमा एमाले–माओवादी संयुक्त गठबन्धनका साझा उम्मेवारविरुद्ध असन्तुष्टी जनाउँदै माओवादी केन्द्रकै तीन नेताले बागी उम्मेदवारी दर्ता गरेका छन् ।

बागी उम्मेदवारी दर्ता गराउनेमा पूर्वसभासद लक्ष्मी गुरुङ र जिल्ला सेक्रेटरी मैनकुमार मोक्तान रहेका छन्। प्रतिनिधिसभामा माओवादी नेता तथा गृहराज्यमन्त्रीबाट बिनाविभागीय बनेका श्यामकुमार श्रेष्ठको उम्मेदवारी विरुद्ध गुरुङले वागी उम्मेदवारी दर्ता गराएकी हुन् ।

त्यस्तै प्रदेशसभातर्फ (क) मा गठबन्धनबाट साझा उम्मेदवार बनेका एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल विरुद्ध माओवादी जिल्ला सचिवालय सदस्य हेमन्त पौडेल निकास बागी उम्मेदवार बनेका छन् ।

त्यस्तै प्रदेश (ख) मा माओवादी नेता मैनकुमार मोक्तान बागी उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमालेका नेता कैलाश ढुंगेल साझा वामपन्थी उम्मेदवार छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);