एमाले नेता नेपालद्धारा बाढी पहिरो प्रभावित क्षेत्रको उद्धार कार्यमा जुटन पार्टी पंक्तिलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

एमाले नेता नेपालद्धारा बाढी पहिरो प्रभावित क्षेत्रको उद्धार कार्यमा जुटन पार्टी पंक्तिलाई निर्देशन

madhav kumar nepal

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाढी पहिरो प्रभावित क्षेत्रको राहत तथा उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न जिल्लाहरुमा ठूलो क्षति भएपछि नेता नेपालले राह तथा उद्धार कार्यमा तदारुक्ता देखाउन पार्टी पंक्तिलाई निर्देशन दिएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाढी पहिरोबाट प्रभावित स्थानहरूमा तत्काल उद्दार कार्यमा जुट्न स्थानीय पार्टी कार्यकर्ता, सरकारी निकाय तथा सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु ।’

उनले प्रभावितहरूलाई बाँच्नका लागि न्यूनतम राहत, आवास, लत्ता कपडा एवम् स्वास्थ्य सामग्री सहितको व्यवस्थाका लागि सरकार एवम् परोपकारी संस्थाहरूको ध्यानाकर्षण समेत गराएका छन्। उनले बाढी पहिरोको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन समेत सवै जनबर्गलाई आह्वान गरेका छन् ।

Leave a Reply