‘‘गण्डकीमा पूर्वमुख्यमन्त्रीको सेवा सुविधा कानुन बनाएर व्यवस्थित बनाउन खोजिएको’’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

‘‘गण्डकीमा पूर्वमुख्यमन्त्रीको सेवा सुविधा कानुन बनाएर व्यवस्थित बनाउन खोजिएको’’

कास्की । गण्डकी सरकारले पूर्वमुख्यमन्त्रीहरुलाई सेवा सुविधा उपलब्ध गराई आर्थिक भार बढाउन नखोजेको स्पष्ट पारेको छ ।

मुख्यमन्त्रीहरुलाई सेवा सविधा थप्न खोजेको नभई कानुन बनाएर व्यवस्थित बनाउन खोजिएको गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले स्पष्ट पारेका हुन् ।
यसलाई कुनै खर्च नबढ्ने उनको भनाई छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा बनेपछि आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णय आर्धिक भार बढाउने उद्देश्यले नगरिएको प्रवक्ता खड्काले प्रष्ट गरेका हुन् ।

पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय भएपछि त्यसको चौतर्फी विरोध आलोचना भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);