दरबार हत्याकाण्डको २० वर्ष : यस्तो थियो २० जेठको काठमाडौं | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

दरबार हत्याकाण्डको २० वर्ष : यस्तो थियो २० जेठको काठमाडौं

काठमाडौं। अज भन्दा २० वर्ष अगाडिको २० जेठको काठमाडौं अरु दिन भन्दा फरक थियो। बिहानै समाचार भन्ने एफएमहरुमा एकोहोरो धुन मात्र बजेको थियो।

अघिल्लो दिनको दरबार हत्याकाण्डको समाचार कुनै दैनिक तथा साप्ताहिक पत्रिकाले लेख्न भ्याएका थिएनन्। किनभने दरबार हत्याकाण्ड अघिल्लो दिन राति भएको थियो।

त्यो राति पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो हत्या पछि तत्कालीन युवराज दिपेन्द्र आफैले आत्माहत्या गरेको पछि छानबीन आयोगको प्रतिवेदनमा थियो। तर यसलाई सर्वसाधरणले अझै सम्म पनि सजिलै पत्याउन मानिरहेका छैनन्।

दरबार हत्याकाण्डको समाचार २० गते बिहान सम्म पनि औपचारिक रुपमा सार्वजनिक गरिएको थिएन। किन भने त्यो एउटा जटिलता पनि थियो। तत्कालीन राजाको उत्तराधिकारी खोजेर मात्रै यो समाचार औपचारिक रुपमा सार्वजनिक गर्नु। २० गते दिउँसो तत्कालीन राजपरिषद्को बैठक बस्यो।

तत्कालीन युवराज दिपेन्द्रलाई नयाँ राजा घोषणा गर्यो। २० गते उपत्यकामा कफ्र्युकाबीच हत्या भएका राजपरिवारको पशुपति आर्यघाटमा दाह संस्कार गरियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।

२१ गतेदेखिको तनावग्रस्त काठमाडौं राजपरिवारको बंशैनास हुनेगरी हत्या भएपछि जेठ २१ देखिका काठमाडौंका सडक तनावग्रस्त बनेका थिए। सबै मान्छे सडकमा उत्रिएर तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र र पारसकाविरुद्ध नारा लगाए। त्यसपछि यो घटनको छानबीन गर्न आयोग बनेको थियो।

Leave a Reply