शेयर बजारमा किर्तिमानी उछाल | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

शेयर बजारमा किर्तिमानी उछाल

काठमाडाैं । सोमबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । तीन अंकले बढेर २८ सय २३ विन्दुमा पुगेको शेयर बजारमा सोमबार अहिलेसम्मकै बढी १३ अर्ब १७ करोड रुपैंयाको कारोवार भएको छ ।

सोमबार २ करोड ७१ लाख बढी कित्ता शेयर किनबेच हुंदा शेयर संख्या, कारोवार रकम र सूचकले पूंजी बजारको इतिहासमा हालसम्मकै नयाँ उचाई कायम गरेको छ । बैकको व्याजदर निरन्तर घटिरहेको र कोरोनाका कारण लगानीका अन्य विकल्पमा संकुचन आउँदा पूजी बजारले नयाँ रेकर्ड कायम गरेको विश्लेषण गरिएको छ ।

सोमबार निर्जिबन बिमा समुह १ सय ९६ अंकले उकालो लाग्दा जलविद्युत ५ र बैक समुहमा ४ अंकको सुधार आएको छ भने अरु सबै उपसूचक भने रातो रहे । व्यापार समुहमा ५७ अंकको गिरावट आउदा जीवन बिमा ५५ अंकले घटेको छ यस्तै उत्पादन ४८, वित्त ३६, विकास बैक ३२, होटल तथा पर्यटन समुहमा १७ अंकको गिरावट आएको छ ।

अन्य ९ र लघुवित्त समुहमा ५ अंकले कमी आएको छ । सोमवार २ सय १६ कम्पनीको २ करोड ७१ लाख बढी कित्ता शेयर १३ अर्ब १७ करोड ५३ लाख बढीमा कारोवार भएकोे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);