इजरायल र प्यालेस्टाइबीच युद्धविराम भएसँगै त्यस क्षेत्रमा मानवीय सहयोग पुग्न थाल्यो | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

इजरायल र प्यालेस्टाइबीच युद्धविराम भएसँगै त्यस क्षेत्रमा मानवीय सहयोग पुग्न थाल्यो

एजेन्सी । इजरायल र प्यालेस्टाइबीच युद्धविराम भएसँगै त्यस क्षेत्रमा मानवीय सहयोग पुग्न थालेका छन् ।



युद्धविराम भएलगत्तै संयुक्त राष्ट्रसंघीय सहायता निकायहरुलगायत विभिन्न दातृ संस्थाहरुले सहायता सामग्री पु¥याउन थालेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

११ दिनसम्म चलेको युद्धपछि युद्धविराम हुँदा प्यालेस्टाइनहरु घर फर्किन थालेका छन् । द्वन्द्वका क्रममा १० लाख भन्दा बढी सर्वसाधारण विस्थापित भएको बताइएको छ । यसक्रममा कयौं संरचनाहरु ध्वस्त हुनुका साथै मानवीय क्षतिहरु भएका छन् ।

जेरुसेलममा रहेको अल अक्का मस्जिदको स्वामित्व विवाद बढेसँगै इजरायली र प्यालेस्टाइनहरुबीच विवाद बढेको थियो । द्वन्द्वमा २५० भन्दा बढीको मृत्युले आफ्नो जीत भएको दुवै पक्षले दावी गरेका छन् ।

सन् २०१४ यता भएको ठूलो हिंसापछि आफूहरुको जीत भएको उनीहरुको प्रतिक्रिया छ । दुई हप्ता चलेको युद्धका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माणका लागि वर्षौं लाग्ने विभिन्न दातृ निकायहरुले बताएका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीका मध्यपूर्व निर्देशक फेब्रिजियो कार्बोनीले दुई हप्तामा भएको क्षतिको पुनर्निर्माणका लागि वर्षौं समय लाग्ने बताएका छन् । मे १० देखि सुरु भएको विवादका क्रममा रकेट आक्रमण र हवाइ हमला गरिएका थिए ।

यसैबीच युद्धविराम भएलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको क्षतिग्रस्त संरचना पुननिर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिक्रिया दिइसक्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);