आजको मौसम : देशभर आँशिक देखि सामान्य बदली | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

आजको मौसम : देशभर आँशिक देखि सामान्य बदली

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका अधिकांश स्थानको मौसम आँशिक देखि सामान्य बदली रहने छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय स्थान तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। 

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

त्यसैगरी आज राती देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानमा  मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी,  प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार