देउवालाई भेटेपछि माधव नेपाल सिधै राष्ट्रपति भवन शीतल निवास | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

देउवालाई भेटेपछि माधव नेपाल सिधै राष्ट्रपति भवन शीतल निवास

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कांग्रेस सभापति शेरवहादुर देउवासँगको छलफल पछि सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।साँझ देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेका हुन् ।नेपाल पक्षलेका सांसदको सामुहिक राजिनामाको तयारी भइरहेको बेला उनी राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

ओलीले विश्वासको मतको लागि संसद बोलाइसकेको अवस्थामा त्यसअघिनै देउवालाई अविश्वास प्रस्ताव ल्याउन र ओलीविरुद्ध बहुमत पुर्याउन जति सांसदले राजिनामा दिनुपर्ने हो त्यति संख्या पुर्याउने आश्वासन नेपालले दिएका छन् ।एमाले मिलाउनका लागि ओलीलाई दबाब दिलाउन नेपाल राष्ट्रपति भवन गएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);